सुदूरपश्चिम पर्यटन दूत नेपाल आईडल रवि वड

महेन्द्रनगर, कंचनपुर

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ ।


कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाइ प्रदेशको पर्यटन दूतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिएकी हुन ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आईडल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटनदुतमा नियुक्त गरेको बताइन ।

आफ्नो कलाकारिताका माध्यमवाट देश-विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचार प्रसारमा सहयोग पुग्ने उद्देश्यले उनलाई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री भट्टले बताइन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार