मृतक बुबालाई ४ बर्षसम्म हेरक दिन ‘म्यासेस’ पठाउने छोरी !

एजेन्सी । अमेरिकाको अर्कान्ससमा बस्ने एकजना युवतीलाई बुवाको मृत्युको शोकले लगातार ४ वर्षसम्म पिरोलिरह्यो । सुन्दा अनौठो लाग्न सक्दछ, तर उनले मृतक बुवाको यादमा बुवाको मोबाइल नम्बरमा हरेक दिन एउटा मेसेज पठाइरहिन् ।

पूरै ४ वर्षसम्म च्यास्टटी प्याटरसनले मृतक बुवाको मोबाइल नम्बरमा मेसेज पठाइन् । एकदिन अचानक उक्त मोबाइल नम्बरबाट उनलाई जवाफी मेसेज आयो । गत अक्टोबर २४ का दिन २३ वर्षीया प्याटरसनका बुवाको चौथो वार्षिकी थियो । हरेक दिनजस्तै उनले उक्त दिन पनि आफ्ना स्वर्गीय पिताको मोबाइलमा सन्देश पठाइन् । ‘हेल्लो बुवा, म छोरी हुँ । आजको दिन फेरि निकै मुस्किल हुनेवाला छ ।

तपाईंलाई गुमाएको चार वर्ष भयो । तर तपाईंको सम्झना नआएको कुनै दिन छैन । मलाई माफ गर्नुहोस, तपाईंलाई जब मेरो सबैभन्दा धेरै जरुरत थियो, म तपाईंसँग थिइन ।’ उनले आफूले ग्राजुएसन गरेको तथा क्यान्सर पनि निको भएको कुरा समेत उल्लेख गरिन् । मृतक बुवालाई मेसेज पठाउने उनको दैनिकी थियो । मृत्यु भैसकेका बुवाबाट जवाफ आउने कुनै अपेक्षा तथा सम्भावना पनि थिएन । तर, त्यसदिन भने चमत्कार नै भयो । उनले बुवालाई मेसेज पठाएको नम्बरबाट उनको मेसेजको जवाफ पो आयो ।

उक्त जवाफी मेसेज निकै आश्चर्यजनक र मार्मिक थियो । जवाफमा लेखिएको थियो, ‘हे प्यारी, म तिम्रो बुवा होइन । तर तिमीले चार वर्षदेखि पठाएका सबै मेसेज मैले प्राप्त गरेको छु । मेरो नाम ब्राड हो र सन् २०१४ मा भएको एक कार दुर्घटनामा मैले मेरी छोरी गुमाएको थिएँ । तिमीले पठाएका सन्देशले म बाँचेको छु । जब तिमी मेसेज गर्दछौं मलाई लाग्दछ यो भगवानले पठाएको सन्देश हो ।

’अगाडि लेखिएको थियो, ‘मैले वर्षौँदेखि तिम्रा मेसेज पढिरहेको छु । तिमी अगाडि बढिरहेको देखेको छु । तिम्रा मेसेजको सुरुमै जवाफ दिन चाहन्थेँ तर मैले तिम्रो मन दुखाउन चाहन्नथेँ तिमी एक असाधारण छोरी हौं र मलाई विश्वास छ मेरी छोरी आज जिवित हुँदिहुन् त तिमीजस्तै हुने थिइन् । हरेक दिनको अपडेटका लागि तिमीलाई धन्यवाद ।’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार