विद्यालय हाताभित्रै गोली प्रहार, दुई विद्यार्थीको मृत्यु

विद्यालयभित्र गोली प्रहार हुँदा क्यालिफोर्नियामा दुई विद्यार्थीको मृत्यु भएको छ । विद्यालयमा अध्ययन १६ वर्षीय छात्रले बिहीबार विद्यालयभित्रै गोली चलाउँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन् । घाइते हुनेहरुमा एक जना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिकाहरु रहेका छन् ।

गोली प्रहारबाट अरु तीनजना विद्यार्थी पनि घाइते भएको समाचारमा जनाइएको छ । गोली प्रहारबाट साथीको हत्या गरेपछि ती किशोर आफैमाथि गोली प्रहार गरी आत्महत्या गर्न खोजेका थिए । गम्भीर घाइते ती किशोरलाई प्रहरीले गिरफ्तार गरेको छ । उनको अवस्था नाजुक रहेको बताइएको छ ।

अमेरिकामा भएका यस्ता घटनाबाट तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार