डिल्लीबजार कारागार चलान हुनेभए आलम , महरासँगै राखिने

काठमाडौँ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई शनिबार काठमाडौं ल्याइने भएको छ। उनलाई डिल्लीबजार सदरखोर कारागारमा राखिने प्रहरी स्रोतले जनाएको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई काठमाडौं ल्याउन लागेको बताएको हो।

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई आज अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो। ८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले सो आदेश दिएको हो।

उनलाई आज भने जिल्ला कारागार रौतहटमा राखिएको छ। ‘समय अभावले आज ल्याउन सकिएन भोलि दिउँसोतिर उहाँलाई काठमाडौं ल्याइँदैछ’, प्रहरी स्रोतले भन्यो। सोही कारागारमा हाल निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पनि राखिएको छ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा महरालाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

अदालतले थुनामा राख्न आदेश दिएसँगै उनलाई डिल्लीबजार पठाइएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार