थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

एजेन्सी।

Colorful baby food purees in glass jars with ingredients. Healthy organic baby food concept. Starting solid food, delivery

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ । यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्नुपर्छ । यसका अलावा हरियो सागसब्जीमा पनि ओमेगा ३ फ्याटी एसिड पाइन्छ।

बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ । बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ । त्यसपछि उसलाई खानामा पालुंगो, बन्दा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ।ओखर खानाले पनि दिमाग तेज हुन्छ । ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ । यसैले बच्चाको खानामा यसलाई समावेश गर्नुपर्छ । बच्चालाई किसमिस,बदाम पनि खुवाउन सकिन्छ।

९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ।बच्चाको दिमागी विकासका लागि दूध र दही दिन सकिन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ र यसले संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार