ठमेल बजारका गायक जेबी ओलीको “सम्बन्ध” यस्तो ! ( भिडियो )

गायक जेबी ओलीले नयाँ सांगीतीक कोसेली “सम्बन्ध” नामक गीत भर्खरै बजारमा ल्याएका छन् । ओलीले बिगत देखी अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।

जे.बि. ओलीको सफल गीतहरु ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगायत धेरै गीतहरु रहेका छन् । गीतमा जे.बि. ओलीलाई गायिका पूर्णकला बि.सी. ले स्वरमा साथ दिएकी छिन् भने लय, शब्द जे.बि. ले नै गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतमलाई समझ्दारी प्रेमीको रुपमा उभ्याइएको छ भने उनलाई पुजा पराजुलीले अभिनयमा साथ दिएकी छिन् ।

भिडियोलाई निर्देशन रेशम सापकोटाले गरेका छन् भने छायांकन दिनेश मुस्कान र सम्पादन रोशन धितालले गरेका हुन् । गीतको अडियो तथा भिडियोलाई जेबि ओलीको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार