बेलुन नेपालले पायो लक्जरी लाइफ स्टाइल अवार्ड

काठमाडौं : बेलुन नेपालले लक्जरी लाइफ स्टाइल अवार्ड जितेको छ। विश्वभरको लाइफ स्टाइलको मूल्यांकनमा बेलुन नेपालले अवार्ड जितेको हो।

बेलुन नेपालले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको हो। बेलुन नेपालका सञ्चालक सबिन महर्जनका अनुसार यो वर्षको पर्यटकीय सिजन सेप्टेम्बरदेखि उडान सुरु भएको छ।

गतवर्ष पर्यटकीय क्षेत्रमा नयाँ साहसिक खेलका रुपमा हट एयर बेलुन संचालनमा ल्याएको बेलुन नेपालले आगामी दिनमा अझ सशक्त रुपमा नयाँ कार्यक्रम संचालन गर्ने तयारी गरेको छ।

नेपाललाई साहसिक खेलको गन्तव्य बनाउनेमा विस्वस्त हुँदै यो सिजनको बुकिङ पनि खुला रहेको जानकारी गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन वर्ष भव्य रुपमा मनाउने घोषणा गरेसँगै बेलुन नेपालले बेलुन महोत्सव मनाउने तयारी गरेको अर्का संचालक दीपक श्रेष्ठ बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार