पोर्तोमा ट्याक्सी चालकलाई यात्रुहरुले कुटे, लुटपाट गरी कारको डिग्गिमा लक गरिदिए !

लिस्बन ।

आइतवार बिहान तीन बजे विला नोवा डे गाययामा ट्याक्सी चालकलाई कुटपिट गरी लुटिएको छ। कुटपिटबाट घाइते भएका ट्याक्सी चालकलाई लुटपाट गरी उनकै गाडीको डिग्गिमा कोचेर ३ जना लुटेराहरुले ताला लगाएको खबर छ। घाइते भएका ट्याक्सी चालकको अहिले अस्पतालमा उपचार भईरहेको प्रहरी स्रोतले जनाएको छ।

५७ बर्षे पीडित ट्याक्सी चालकले पुलिस अधिकारीलाई दिएका जानकारी अनुसार एस्पिनोलाई तीन जना मानिस पोर्तोसम्म जान बोलाइएको थियो र पछि “मध्यरातमा” घटना भएको हो।

“बाटोमा तिनीहरूले ट्याक्सी चालकलाई कुटपिट गरे, उनको क्रेडिट र डेबिट कार्डहरू चोरी गरे र उनको कार्ड कोड जबरजस्ती मागे र एटिएम मेसिनबाट ४०० युरो निकाले ,” पीएसपी पोर्टो मेट्रोपोलिटन कमाण्डका एक स्रोतले भने।

तिनीहरूले उनलाई उनको कारको दिग्गीमा ताला लगाईदिए र उनलाई पुलिस चौकी नजिकै ओलिविरा डो डोरो, विला नोवा डे गाइया नजिकै छोडिदिए जहाँ बिहान सात बजे मुक्त भएपछि उनले प्रहरीमा उजुरी गरे ।

“ट्याक्सी चालकलाई चोट लागेको थियो, त्यसैले उसलाई उपचारका लागि गाइया अस्पतालमा लगिएको थियो। पीएसपीले संदिग्ध पत्ता लगाउनको लागि पहल गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार