लिपुलेक कालापानी नेपालको हो। सरकारले तत्काल भारसँग कुटनीतिक पहल थाल्छ : परराष्ट्रमन्त्री ज्ञवाली ( भिडियो )

काठमाडौं- भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालका पनि भूभाग समेटेको भन्दै विरोध भइरहेका सरकारले भारतसँग वार्ता अघि बढाउने भएको छ।

भारतको पछिल्लो कदमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकमा सरकारले कूटनीतिक पहलबाट अघि बढ्न सुझाव प्राप्त भएको र यही अनुरुप सरकार अघि बढ्ने निर्णय भएको छ।

सर्वदलीय बैठकले राष्ट्रिय अखण्डताका पक्षमा ऐक्यबद्धता जनाउँदै हालै भारतको नयाँ नक्सामा समावेश गरिएका भनिएका कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएकोमा बैठक एकमत भएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिए।

सरकारले पूर्वप्रधानमन्त्रीहरू, संसदमा प्रतिनिधित्व गर्ने दलहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई बोलाएर शनिबार साँझ सर्वदलीय बैठक गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा राष्ट्रिय एकतालाई आधार बनाएर कुटनीतिक माध्यमबाट पहल गर्नुपर्ने सुझाव उपस्थित नेताहरुले दिएका थिए ।

बैठकका निर्णयबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले भने, ‘सरकारले यसमा तत्काल कदम चाल्नेछ। र यसबाट सफलता मिल्ने विश्वास सरकारले गरेको छ। बैठकबाट सरकारलाई बलियो आडभरोसा प्राप्त भएको छ।’

मन्त्री ज्ञवालीका अनुसार भारतसँग तीन तहबाट वार्ता अघि बढाउन सकिने र आवश्यक परे यी तीनै विकल्पबाट वार्ता गरिनेछ। परराष्ट्रसचिव स्तरीय, परराष्ट्रमन्त्री स्तरीय र प्रधानमन्त्रीस्तरीय वार्ताका लागि कदम चालिने मन्त्री ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार