देउडा गायक जोहारीको कोसेली ‘याद औनि तेरि सरू’ लोकप्रिय बन्दै

सुरेश जोशी
पोर्चुगल

देउडा संगीत मात्र हैन सभ्यता पनि हो , यसको बिकास, प्रचार -प्रसार र सम्बर्द्दन गर्नु हामि सबै सुदूर पश्चिमवाशीको कर्तब्य हुन् आउँछ । यस क्षेत्रको मौलिक लोक ठाडी भाका, खेल लाउने भाका, न्याउल्या, लै लै बिरया छम्को जस्ता भाकाहरुको जगेर्ना , बिकास र प्रचार गर्नु हामी सबैका लागि जिम्मेवारी पनि हो । नेपाल प्रहरीका अधिकृत जोहारी लामो समय देखि सुदूरको लोक भाका , सस्कृती, भेषभुषालाई संरक्षण र सम्बर्द्दनार्थ क्रियाशील छन् । मौलिक लोक कला संस्कृतिको जगेर्नामा चुनौती थपिएका बेला गायक बीरेन्द्र जोहारीले सुदूरपश्चिम तथा कुमाउ गढवालको भाका समेटिएको नयाँ गीत बजारमा ल्याएका छन् । चन्द्रसिंह खातीको शब्द संकलन रहेको गीतमा जोहारी आफैले स्वर र संगीत दिएका छन् ।
गीतको भिडियो समेत तयार भएको छ । बीरेन्द्र भाट ‘बिपिन’ ले निर्देशन गरेको भिडियोमा घर परिवार, आफन्त, श्रीमति तथा प्रेमिकाबाट टाढा रहँदाको पीडा, माया तथा दुःख व्यक्त गरिएको छ ।

गीतमा गायक जोहारी र पारु श्रेष्ठले अभिनय गरेको यो म्युजिक भिडियो दर्शकले निकै मन पराएका छन् । युट्यूवमा आएका कमेन्टले गीतकार, गायक र मोडलहरुको प्रशंसाले हौशला अझ बढेको गायक जोहारी बताउँछन् । यस अघि जोहारीको मुई डोलि चडन्या बेला बोलको देउडा गीत दर्शक -श्रोता माझ निकै लोकप्रिय छ । संस्कृति संरक्षणका लागि धेरै गीत गाउने जोहारी सुदूर पश्चिमको डेउडा तथा कुमाउनि संस्कृतिमा आधारित गीत गाउन अब्बल मानिन्छन् । उनी दार्चुलामा रहेको अल्पसंख्यक जोहारी समुदायका एक्ला गायक हुन् । दक्षिणी युरोपियन देश पोर्चुगलबाट भोईस अफ नेपाल टि भी परिवार उहाँको सांगीतिक जीवनको उत्तरो उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछ !

जोहारीको पछिल्लो सांगीतिक कोसेली यस्तो छ :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार