एनआरएनए पोर्चुगलका उपाध्यक्ष अर्यालको दादागिरी, कार्यक्रममा सम्मान नपुगेको भन्दै गालीगलौच, दुर्व्यवहार र दिए मारपिटसम्मको धाकधम्की

अल्गार्भ, पोर्चुगल।

गैह्र आवासिय नेपाली संघ पोर्चुगलका एक निर्वाचित उपाध्यक्षले स्थानीयवासी नेपालीहरुलाई आफुलाई सम्मान नपुगेको भन्दै गालीगलौच र दुर्व्यवहार गर्नुका साथै पिटाउनेसम्मको धाकधम्की दिएका छन्। अल्गार्भ क्षेत्रबाट संघको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका मच्छेन्द्र आर्यालले मोंतेगोर्दोमा रहेका नेपालीहरुमाथि दुर्व्यवहार गरेका हुन्।

संघका उपाध्यक्ष अर्यालले पहिलो पटक मोन्तेगोर्दो नेपाली समाज तथा राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान यूरोप शाखाको सँयुक्त आयोजनामा सेप्टेम्बर २८ तारिख सम्पन्न “दशैँ विशेष साँस्कृतिक कार्यक्रम तथा भाग्यशाली चिठ्ठा कार्यक्रम – २०१९” मा बबण्डर गरेका थिए। संघका अध्यक्ष तिलक गैह्रे समेत अतिथि भएको सो कार्यक्रममा भाषण गर्न नदिएको र उचित सम्मान नभएको भन्दै रक्सीले मातेर लट्ठ भएका उपाध्यक्ष अर्यालले आयोजक र कार्यक्रममा उपस्थित पाहुना तथा अन्य स्थानीयवासिहरुलाई गालीगलौच र दुर्व्यवहार गरेका थिए।

सो घटनापछि कार्यक्रमको भोलिपल्ट नै मोन्तेगोर्दो नेपाली समाजले एक बैठक बोलाई संघका उपाध्यक्ष अर्याललाई घटनाको बारेमा स्पष्टिकरण सोध्दै अब उप्रान्त यसो नगर्न आग्रह गरेको थियो। अर्याल यसघि मोन्तेगोर्दो नेपाली समाजका संयोजक पनि थिए।

संघमा निर्वाचित भएपछि पदको प्रमाणपत्र ग्रहण गर्दै अर्याल !

अर्यालले दोश्रोपटक फेरी मोन्तेगोर्दोवासी दिदीबहिनीहरुद्वारा आयोजित शुभ दीपावलीको शुभकामना आदान-प्रदान, देउसी भैलो तथा रात्रिभोज कार्यक्रममा यस्तै हर्कत देखाएका छन्। आफु संघको उपाध्यक्ष हुदापनि स्थानीय तहमा सम्पन्न हुने कार्यक्रममा आफुलाई खबर नगरेको , बिशेष अतिथि नबनाएको र उचित सम्मान नगरेको भन्दै कार्यक्रमस्थलमा आएर गालीगलौच, दुर्व्यवहार र मारपिट गर्नेसम्मको धम्की दिएका छन्। दोश्रो पटक पनि रक्सीले मातेर आएका एनआरएनए पोर्चुगलका उपाध्यक्ष अर्यालले आफ्नो ठुलो पावर भएको, सबै शक्तिका केन्द्रहरुलाई स्थानीय तहदेखि माथिसम्म चिनेको, हरेक कार्यक्रममा आफुलाई उचित सम्मान नगरे, पैसा र पावर प्रयोग गरेर एक-एकलाई ठिक पार्ने भन्दै धम्की दिएको कार्यक्रमका सहभागीहरुले भोइस अफ नेपाल टिभीलाई बताए।

मोन्तेगोर्दोका स्थानीय नेपालीहरु संघका उपाध्यक्ष अर्यालले हरेक चाडपर्वमा गर्ने बबण्डर, दुर्व्यवहार, सामाजिक दायित्वहीन, पदप्रतिको अमर्यादित व्यवहार देखेर आजित भएका छन्। अर्याल नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको प्यानलबाट संघमा निर्वाचित भएका थिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार