विश्व विजेता अमेरिकी महिला फुटबल टोलीले पायो नयाँ प्रशिक्षक


विश्व विजेता अमेरिकी महिला फुटबल टिमको प्रशिक्षकमा भ्लात्को एन्डोनोवस्की नियुक्त भएका छन् । ४३ वर्षका उनले नेशनल वुमनस् सकर लिग क्लब सियाटल रेइन एफसीको जिम्मेवारी सम्हाल्दै आएका थिए गएको दुई सिजनदेखि ।अमेरिकालाई सन् २०१५ र २०१९ मा गरी दुई पटक विश्वकपको उपाधि दिलाएकी प्रशिक्षक जिल एलिसले राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा अन्तिम खेल अक्टोबर ६ मा खेलाएकी थिइन् ।

राष्ट्रिय टिमको अहिलेको अवस्था र आवश्यकता अनुसार भ्लात्को जस्तो उत्कृष्ट प्रशिक्षक अरु नरहेको अमेरिकी फुटबलका अध्यक्ष कार्लोस कार्डेइरोले बताएका छन् ।उत्तर मेसेडोनियामा जन्मिएका भ्लात्कोले प्रशिक्षणमा अमेरिकी महिला फुटबल टोलीले नोभेम्बर ७ मा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार