अछाम ।
अछाममा दिपावली गर्न बालेको मैनबत्तीबाट घरमा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ गड्सीलस्थित गगन खड्काको घरमा आगलागि भएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउंदले बताए।
उनका अनुसार सोमबार राति दिपावली गर्न प्लाष्टीकको बाकस (अटेजी) मा मैनबत्ती बाल्दा उक्त मैनबत्तीबाट आगो सल्केर ४ लाख २५ हजार बराबर नगद रुपैंया र एक तोला सुन जलेर नष्ट भएको हो।
४ लाख २५ हजार रुपैयाँ थियो सबै जलेको छ, ती मध्ये आधा जलेको पैँसा काम नलाग्ने एक लाख ३५ हजार रुपैँया र एक तोला सुन फेला परेको छ ।