उजुरीका चाङले हेलो सरकारमा बेहाल

काठमाडौं ।

सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढी जनगुनासोको चाङ लागेको छ ।हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिइन् ।

त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै सम्बोधन गरिएको छ । ३२८ वटा गुनासो भने अध्ययनको प्रक्रियामा रहेका छन् । ती गुनासोहरु सम्बन्धित निकायमा फरवार्ड गरिएको पनि हेलो सरकारकी शाखा अधिकृत आचार्यले बताइन् ।हेलो सरकारमा धेरैजसो यातायात क्षेत्रको बेथितिबारे गुनासो आउने गरेको छ ।

त्यसैगरी विकास, निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे पनि गुनासो आउने गरेको हेलो सरकारले जनाएको छ । शाखा अधिकृत आचार्यका अनुसार सार्वजनिक सेवा प्रवाहमा जनताले हैरानी व्यहोर्नुपरेको गुनासो पनि धेरै आउने गरेको छ ।

सरकारले जनताको गुनासो तत्काल सम्बोधन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी सो गुनासो सम्बन्धन गर्न हेला सरकार गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको हो । यस प्रणालीले जनताको गुनासोलाई अभिलेखिकरण गरी सम्बन्धित निकायमा समस्या समाधानका लागि फरवार्ड गरिदिने काम गर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार