काठमाण्डौ |
यूएईमा हुन लागेको टी-१० लिग क्रिकेटमा नेपालमा २ खेलाडी सहभागी हुँदैछन्| लेगस्पिनर सन्दीप लामिछानेले विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् भने निवर्तमान कप्तान पारस खड्का पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दै छन् ।आउँदाे १४ नोभेम्बरमा प्रतियोगिताको उद्घाटन समारोह आयोजना हुनेछ भने १५ तारिखदेखि नियमति खेल सुरु हुनेछन् । प्रतियोगितामा सहभागी हुने ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । यस्तोमा सन्दीप लामिछानेको टिम कर्नाटका टस्कर्स समूह ए मा परेको छ भने पारसको टिम अबुधाबी समूह बी मा रहेको छ ।
पारस र सन्दीपको टिमबीच समूह चरणमा भेट हुनेछैन । प्रतियोगिता अन्तर्गत पारसको टिम अबुधाबीले नोभेम्बर १५ मा कलन्दर्ससँग खेल्नेछ । १६ तारिखमा सन्दीपको टिम कर्नाटका दिल्ली बुल्ससँग खेल्दा १७ तारिखमा पारसको टिम अबुधाबीले नर्दर्न वारियर्ससँग खेल्ने छ ।
Team Abu Dhabi hope to scale the heights with Khadka https://t.co/coOKgylFkD
— T10 League (@T10League) October 27, 2019
१७ तारिखमै सन्दीपको टिम कर्नाटकाले बांग्ला टाइगरसँग खेल्दा समूह चरणको अन्तिम खेलमा पारस सम्मिलित टिम अबुधाबीले १८ तारिखमा मराठा अरेबियन्ससँग खेल्नेछ । त्यसै दिन सन्दीप सम्मिलित टिमले डेक्कन ग्लाडियटर्ससँग खेल्ने छ ।