भ्रष्टाचार मुद्धामा १० वर्षदेखि फरार प्रतिवादी पक्राउ

राजविराज ।

झण्डै १० वर्षदेखि फरार रहेका भ्रष्टाचार मुद्दाका एक प्रतिवादीलाई सप्तरी प्रहरीले शनिबार बेलुकी सदरमुकाम राजविराजबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजविराज नगरपालीका २ बस्ने ६९ वर्षीय अशोक झा रहेका छन् ।

सर्वोच्च अदालतको २०६७ जेठ १६ को फैसलाअनुसार १ वर्ष ६ महिना कैद भुक्तान गर्न बाँकी रहेका भ्रष्टाचार मुद्दाको फरार प्रतिबादी झालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनैको घरबाट नियन्त्रणमा लिएकोे हो ।

झा नेपाल विद्युत प्राधिकरणको राजविराज शाखामा लेखापाल रहेका बखत भ्रष्टाचार मुद्धामा तानिएका थिए । हयतिबेला जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएका झालाई जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार