इटहरी।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव एक कार्यक्रममा निदाएका छन् ।धन्वन्तरी जयन्तीको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव निदाएका हुन ।
राज्यमन्त्री यादव कार्यक्रमको मन्चमा नै करिब २० मिनेट निदाएका थिए । । आयोजकले प्रतिष्ठा र कार्यक्रमको ओज बढाउन पनि उच्च पदस्थ व्यक्तिलाई प्रमुख अथितिको रुपमा आमन्त्रण गर्ने गर्दछन् । तर, प्रमख अतिथिले कार्यक्रमको गरिमा र पदको प्रतिष्ठा जोगाउन नसक्दा हाँसोको पात्र बनिरहेका छन् ।