सर्जक लक्ष्मण न्यौपानेको ‘फर्क दाजुभाई ’ गिती एल्बम बजारमा

भोईस अफ नेपाल टि भी
नेपाल सम्बाददाता

कामको शिलशिलामा विदेश गएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई स्वदेश फर्केर काम गरी देशको विकासमा लाग्न आह्वान गरिएको गीतकार एवं सर्जक लक्ष्मण न्यौपानेको ‘फर्क दाजुभाइ’ गिती एल्बमको गण्डकी प्रदेशका प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले विमोचन गर्नुभयो।

विमोचन कार्यक्रममा उहाँले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न आग्रह गर्दै “विदेशमा बस्ने सबैले जन्मभूमीलाई माया गरे देशको विकास हुन्छ”, भन्नुभयो । उहाँले आफू लामो समय विदेशमा पसिना बगाएर नेपाल आएर समाजसेवामा लागेको उल्लेख गर्दै नेपालमा लगानीको वातावरण निर्माणमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

बिमोचन कार्यक्रममा गीतकार न्यौपानेले युवा विदेश पलायन हुने क्रम नरोकिएको र स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “वैदेशिक रोजगारीका कारण गाउँमा मलामी जानेदेखि बिरामी बोकेर अस्पताल जाने युवा नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो । उक्त गीतमा शोभा त्रिपाठी, गोविन्द थापा, अम्बिका देवकोटालगायतले स्वर दिनुभएको छ । टिका बन्धनले सङ्गीत भर्नु भएको छ । म्युजिक भिडियोको निर्माण निर्देशक सुरज ढकाल हुनुहुन्छ

उक्त गीत हेर्नका लागि तलको यो युट्युव लिङ्कमा जानुहोस ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार