र्‍यापर भिटेन साधारण तारिखमा रिहा

काठमाडौं |

चर्चित र्यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् ।
अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले राटोपाटीलाई जानकारी दिए । राईका अनुसार भिटने साधारण तारिखमा रिहा भएका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो ।‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।

समिरविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने जनाएको थियो । तर, बुबाले जमानतमा रिहा गर्न माग गरेपछि उनलाई रिहा गरिएको एसपी सिंहले बताइन् ।

उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।

उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ । साथै भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो समेत आफ्नो फेसबुक प्रोफाइलमा राखेर विवादमा तानिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार