गिनिज बुकमा नाम लेखाउनु कुनै पनि मानिसका लागिसमेत निकै कठीन कुरा हो भने जनावरहरुका लागि गिनिज बुकमा दर्ज हुनु चानचुने पक्कै होइन । दुनियामा मान्छे बाहेकका अरु धेरै यस्ता जनावरहरु पनि छन् जसले आफ्नो विशेष क्षमताका कारण गिनिज बुकमा दर्ज हुने मौका पाएका छन् ।
गिनिज बुकमा नाम लेखाउन सफल एउटा भेडाको हालै मृत्यु भएको छ । सबैभन्दा धेरै ऊन उत्पादन गर्ने भेडाको रुपमा गिनिज बुकमा प्रवेश पाएको क्रिस नामको उक्त भेडाको कीर्तिमान हालसम्म अरु भेडाले तोड्न सकेका छैनन् । सन् २०१५ मा यो अष्ट्रेलियाली भेडाको सरीरबाट ४१ किलो ऊन काढिएको थियो ।
त्यसबेला अत्यधिक ऊन पलाएका कारण क्रिसको ज्यानमाथि नै खतरा पैदा भएको भन्दै उसको जीउका रौँ खौरिएको थियो । र, त्यसक्रममा उसको जीउबाट निकालिएको उनको तौल ४१ किलो मापन गरिएको थियो ।
यो कीर्तिमानी भेँडाको वृद्धावस्थाका कारण मृत्यु भएको उक्त भेडापालन गर्ने संस्था साउथ वेल्स र्फमले पुष्टि गरेको छ ।क्रिस मरिनो जातको भेँडा हो । यस जातका भेँडाको आयु औषत १० वर्षको हुन्छ । क्रिसको उमेर पनि १० वर्ष पुगेको थियो ।क्रिसको संरक्षण गर्ने संस्थाले एक विज्ञप्ति जारी गर्दै उक्त भेँडा आफुहरुको लागि केवल भेँडामात्र नभएर निकै महत्वपूर्ण सदसय भएको जनाएको छ ।यो भेडाको मृत्युमा धेरै जनावरप्रेमीहरुले सोसल मिडियामा दु:ख व्यक्त गरिरहेका छन् । एजेन्सीको सहयोगमा