काठमाडौ |
मोहम्मद अफ्ताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप भएकाे छ । १४ जनाको हत्याको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताब आलममाथि अनुसन्धानका लागि रौतहट जिल्ला अदालतले आठ दिनको म्याद थप गरेको हाे ।
न्यायाधीश केशवकुमार पाण्डेको इजलासले शुक्रबार आलमलाई अनुसन्धानका लागि अझै आठ दिन म्याद थपेको हो । आलममाथिको अनुसन्धान बाँकी रहेकाले आजैबाट लागू हुने गरी आठ दिन म्याद थप गरिएको स्रेस्तेदार गुणराज पराजुलीले बताए । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।