डा. गोविन्द केसी फेरि अनशन बस्ने

काठमाडौं |

डा. गोविन्द केसी कार्तिक १८ गतेबाट अनशन बस्ने भएका छन् । प्राध्यापक डा. केसीले आफ्नो आन्दोलनलाई कार्तिक १८ गतेसम्म सारेका बताएका छन् । डा. केसीले आफ्ना पुराना माग कार्तिक ८ सम्म पूरा नभए कार्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थि ए । तर, डा. केसीले ५ दिन बाँकी छँदा आफ्नो निर्धारित अनशन कार्यक्रममा केही संशोधन गरेका छन् ।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् । सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् । हिन्दूधर्मालम्बीको दोस्रो ठूलो तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार