महरालाई थप सात दिन हिरासतमा राख्‍न माग

काठमाडौँ ।

बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरलाई म्याद थपका लागि माग गरिएको छ । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोप उनी पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएपछि उनलाई म्याद थप गर्न माग गरेको हो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा महरलाई म्याद थपका लागि पेश गरेका छन् । महानगरीय प्रहरी परिसरले जिल्ला सरकारी वकिलमार्फत् महरालाई थप सात दिन हिरासतमै राख्न माग गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार