बेलायतमा लरीभित्र भेटिएका ३९ शव चिनियाँ नागरिकका हुनसक्ने

-एजेन्सी
लनडन|

बेलायतको एसेक्स सहरमा लरीभित्र भेटिएका ३९ जनाको शव चिनियाँ नागरिकका हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।ती शवहरू चिनियाँ नागरिकका भएको बुझिएको विभिन्न सञ्चारमाध्यामले बताएका छन्।एसेक्स प्रहरीले चिनियाँ नागरिकका शवहरू हुन सक्ने भनेर प्राथमिक अनुसन्धान देखाएको तर पुष्टी हुन भने समय लाग्ने बिबिसीलाई बताएको छ।

बिहिबार उत्तरी आयरल्याण्डका अधिकारी र राष्ट्रिय अपराध एजेन्सीले दुई घरमा रेड हानेका थिए। उनिहरूले कुनै समुह संलग्न हुन सक्ने आशंकामा खोजी गरेको बताएका छन्।
बुधबार प्रहरीले एसेक्सस्थित पूर्वी एभिन्यू वाटरग्लेड औद्योगिक पार्कमा लरीबाट ३९ जनाको शव भेटाएको थियो।उक्त लरीका चालक २५ वर्षका मो रोविनसनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार