आवश्यक परे सरकार पुनर्गठन हुनसक्छ : खनाल

कपिलवस्तु ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले सरकारका कामहरु समीक्षा गरेर आवश्यक परे सरकार पुनर्गठन गर्न सकिने बताएका छन् ।

बुधबार कपिलवस्तुमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा खनालले समाजवाद प्राप्तीका लागि तीनै तहका सरकारले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए।
वैचारिक एकतापछि दुई पार्टीबीच राजनीतिक र सांगठनिक एकता भएकाले त्यसलाई कसैलेपनि तोड्न नसक्ने उनको दाबी थियो ।

कार्यक्रममाा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानहरुका लागि योगदान आधारित निवृत्तीभरणको व्यवस्था लागू गरिने बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार