रामकृष्ण ढकालको तिहार गीत: टीका लगाउन नपाउँदा भावुक बने प्रकाश सपूत (भिडियो)

काठमाडौं – गायक रामकृष्ण ढकालको आवाज रहेको तिहारको गीत सार्वजनिक गरिएको छ । बिन्दवासिनी म्युजिकको युट्युब च्यानलबाट ‘टीका माला’ बोलको गीत सार्वजनिक गरिएको हो ।गीतमा रमेश बिजीका शब्द छन् भने बीबी अनुरागीले संगीत दिनुको साथै एरेन्ज पनि गरेका छन् । गीतमा तिहारमा दिदीको हातबाट टीका लगाउन नपाएको भाइको गुनासो समेटिएको छ ।

भिडियोमा दुर्गा पौडेलको छायांकन छ भने शंकर बिसीको निर्देशन देख्न सकिन्छ । यस्तै गीतमा प्रकाश सपूत र सरिता लामिछानेले दमदार अभिनय गरेका छन् ।
सुवास रेग्मीले निर्माण गरेको गीतको भिडियोलाई नविन घर्ती मगरले छायांकन गरेका हुन् ।

यस्तो छ भिडियो:

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार