एजेन्सी।
रियल मड्रिड नयाँ खेलाडीको खोजीमा रहेको छ । आउने जनवरीमा केही नयाँ खेलाडी अनुबन्ध गर्ने तयारीमा रियल मड्रिड रहेको छ ।क्लबमा रहेका पुराना केही खेलाडीहरुलाई बिदा गर्ने योजनामा पनि रियल रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रियलका केही खेलाडीहरुले यसबारे खुलेरै बोलेका छन् । मार्सेलो, लुका मोड्रिच, ग्यारेथ बेल खेलाडीहरुलाई रियलले बिदाइ गर्ने सोचमा रहेको छ ।
रियलमा लामो समय बिताएका यी खेलाडीहरुले क्लबमा आफुहरु खुसी नरहेको खुलेरै बताएका थिए । रियलले आउने सिजन मिडफिल्डमा जोड दिने बताइएको छ । यसैलाई आधार मानेर रियलले पोग्वालाई ल्याउने तयारी गरेको समेत बुझिएको छ । रियलमा पछिल्लो समय १० जनाभन्दा बढी खेलाडीहरु घाइते रहेका छन् ।म्यानचेस्टर युनाइटेडमा सबैभन्दा चर्चामा र विवादमा रहेका खेलाडी हुन् पोग्वा । मोरिन्होको कार्यकाल छदाँ उनी क्लब छोड्ने पक्कापक्की नै गरिसकेका थिए । तर, मोरिन्हो बर्खास्त परेपछि उनी व्याक टु व्याक फर्ममा देखिए । पछिल्लो समय पुनः एकपटक उनी विश्वकै उत्कृष्ट खेलाडी भएको छाप बनाउने तयारीमा छन् । तर, म्यानुको खेलमा सुधार नभएका कारण उनी पनि के गर्ने के नगर्ने दोधारमा रहेका छन् ।
रियल जाउँ उता पनि उत्तिकै समस्या रहेको छ । म्यानुमा बसु अवस्था उत्तिकै कमजोर रहेको छ।जिदान उनलाई क्लबमा अनुबन्ध गर्न चाहेका छन् तर, पोग्वा भने दोधारमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।