-टंक खड्का, कैलाली (हाल पोर्तुगल)
जनताले संचालन गरेको क्रान्तिमा समस्या आए पछी
मुख्य नेताहरु बाटै सर्वहारा वर्गले धोखा खाए पछी
कतै मिसिए कतै मिसाईए बाँकी क्रान्तिकारीलाई युद्धमै पठाए पछी
हजारौं शहिद बनाएर प्राप्त गरेका हतियार प्रतिक्रान्तीका मतियारलाई बुझाए पछी
महान जनयुद्धको गौरव र उपलब्धीलाई किन्चित पैसामा समाप्त पारे पछी
एउटा सपना देखेर युद्धमा होमिएका योद्धाहरुमा क्रान्तिकारी विचार नसकिएपछी
क्रान्तिकारी विचार कहिल्यै मर्दैन
क्रान्तिकारी नेत्रित्व कहिल्यै थाक्दैन
जनमुक्ती सेनाले युद्धको मैदान बाटै विजयको देखेको थियो
सर्वहारा वर्गले मुक्तिको दिन पर्खेर बसेको थियो
आम जनसमुदायमा विद्रोही चेतनाको बिकास भएको थियो
सच्चा क्रान्तिकारीहरुमा क्रान्तिले विजय मात्र होइन,
प्रतिक्रान्ती रोक्न घनिभूत बहस चल्दै थियो
युद्ध छोड्नु र धोखा दिनु आत्महत्या गर्नु जस्तै थियो
त्यसैले त म भन्छु
क्रान्तिकारी विचार कहिल्यै मर्दैन
एउटा सपना ढले पनि अर्को क्षितिज ओझेल पर्दैन
लाग्छ मलाई शायद अब कसैलाई शंका छैन
हाम्रो अगाडि एकिक्रित जनक्रान्ती बाहेक अर्को विकल्प छैन
वर्ग मुक्तिको लागि बल प्रयोगको आवश्यकता सकिएको छैन
संसदीय दलाल पूँजीवाद विरुद्धको लडाईं सकिएको छैन
वर्ग विहिन समाज,उत्कृष्ट शासन ब्यबस्था र विज्ञानिक समाजवादको स्थापना भएको छैन
त्यसैले हामी सबैले भनौं
क्रान्तिकारी विचार कहिल्यै मर्दैन
गद्दारहरुले जनताको सुनौलो सपनामा तुषारापात गरे पनि
नुतन विचार सहितको नेत्रित्व थाक्दै थाक्दैन
हामीले गरेको क्रान्ति यथायिस्थितीको विरुद्ध गुणात्मक परिवर्तन थियो
अफशोच केही धोकेवाज नेताहरुको जीवनस्तर मात्र परिवर्तन भयो
कम्युनिष्ट आदर्श र क्रान्तिकारी चरित्र ब्यक्तिगत मुनाफामा बिक्री भयो
जनताले आशा गरेको नेत्रित्वबाट विश्वासघात र गद्दारी भयो
तैपनी,
कर्मठ क्रान्तिकारीहरुमा नयाँ मोडेलको क्रान्ति चेतको बिकास भयो
फलस्वरुप एकिक्रित जनक्रान्ती र वैज्ञानिक समाजवादको नयाँ कोर्ष उदय भयो ।