एनआरएनए युरोप क्षेत्रिय सह-संयोजकमा न्यौपाने निर्वाचित

भोला लामिछाने , यूरोप |

यूरोप क्षेत्रीय सह संयोजकमा आयरल्यान्ड निवासी शुक्रराज न्यौपाने निर्वाचित भएका छन् । काठमाण्डौंको होटल ह्यातमा सम्पन्न निर्वाचनमा न्यौपाने विजयी भएका हुन ।

यूरोप क्षेत्रीय उपसंयोजकमा स्पेनबाट मुक्त गुरूड तथा लन्डन बाट कृष्णप्रसाद तिमिल्सिना गरी ३ जना विजयी भएका छन् ।

पोखरा महानगर वडा नं ६ बैदाममा जन्मेका न्यौपाने एनआरएनए आयरल्यान्डको २००९–२०११ का अध्यक्ष हुन् । हाल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति अन्तर्गत टुरिजम प्रबद्धन समितिका सदस्य एवं एनआएनए आयरल्यान्डका संरक्षक समेत छन्। समाजसेवामा रूचि भएका न्यौपाने बिगत लामो समयदेखी आयरल्यान्डमा बस्दै आएका छन् । यतीबेला गैरआवासीय नेपालीहरूले उनलाई शुभकामना दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार