नब निर्बाचित एनआरएनए टोली बधाई थाप्‍न माधव नेपालकहाँ पुगे

काठमाडौं|

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व बधाई थाप्‍न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालकहाँ पुगेको छ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नयाँ बानेश्वरस्थित होटेल हार्दिकमा आयोजित एक समारोहमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तसहितका टोलीलाई बधाई दिए।

एनआरएनए विश्व समन्वय परिषद्को ९ औं सम्मेलनबाट निर्वाचित अध्यक्ष पन्तसहितको टोलीलाई नेता नेपालले विदेश विभागको तर्फबाट बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ।

त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष पन्तले बधाई तथा शुभकामनाका ग्रहण गर्दै आफ्ना केही प्रतिबध्दता राखेका थिए। पूर्वप्रधानमन्त्री नेपालले एनआरएनको कामका विविध क्षेत्रहरू उल्लेख गर्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार