एनआरएनएमा राजनीति छिरेको भन्दै पन्तले भने–‘अबदेखि महाधिवेशन नेपालमा गर्दैनौं’

काठमाडौं।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघभित्र राजनीति भएको बताउँदै आउँदा वर्षहरुमा नेपालमा अधिवेशन नगर्ने बताएका छन् ।
निर्वाचित भएलगत्तै पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पन्तले नेताहरु महाधिवेशनस्थल होटलका कोठा कोठामा चहारेर संस्थामा राजनीतिकरण गर्न खोजेको भन्दै अबका दिनमा नेपालमा महाधिवेशन नगर्ने बताएका हुन् ।

‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो, सम्मेलनका बेला होटलका कोठा–कोठामा नेताहरू ल्याएर छलफल पनि भए । हामी संस्थालाई राजनीतिकरण गर्न चाहनौं, अबदेखि नेपालमा अधिवेशन गर्दैनौं ।’ पन्तले भने ‘ अबदेखि अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं ।’

पन्तले एनआरएनएले आगामी दिनमा वार्षिक १० अर्ब बैदेशिक लगानी भित्र्याउने उद्घोष समेत गरे । उनले एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने योजना रहेको बताए । पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने अठोट पनि गरे ।आज सम्पन्न निर्वाचनमा पन्तले नेपाली कांग्रेस निकट अध्यक्षका प्रत्यासी कूल आचार्यलाई पराजित गरेका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार