काठमाडौं ।
नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ले चार दिनमा पाँच करोड कलेक्सन गरेको छ । शुक्रबार रिलिज भएको चलचित्रले सोमबारसम्म पाँच करोड कलेक्सन गरेको हो।काठमाडौं भित्र र बाहिरको बक्स अफिस कलेक्सन बराबारी रहेको चलचित्र वितरकको भनाइ छ ।
“१२ करोडसम्म कमाउला भन्ने मेरो अपेक्षा थियो । तर दर्शकले अनपेक्षित भन्दै प्रशंसा गर्नुभएको छ,” कलाकार दीपकराज गिरीले भने, “अहिलेसम्मको बक्स अफिस रिपोर्ट हेर्दा हाम्रा सबै रेकर्ड तोड्छ जस्तो छ ।”दीपेन्द्र लामाको निर्देशन तथा कथा रहेको चलचित्रमा पटकथा दीपकराज गिरीले लेखेका हुन्।दीपकसँगै चलचित्रमा केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे मुख्य भूमिकामा छन् ।