महरालाई थप तीन दिन हिरासतमै राख्‍न माग, बहस हुँदै

काठमाडौं।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कारको अभियोगमा पक्राउ निवर्तमान सांसद कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्न माग गरिएको छ।जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि म्याद थपबारे बहस भइरहेको छ। सरकारी वकिलको कार्यालयले महरालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न पाउनुपर्ने जिकिर गरेको छ।

गत असोज १९ गतेदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान पूरा गरिसकेको जनाएको छ। अन्य बाँकी प्रक्रिया पूरा गर्नका लागि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अदालतसमक्ष १३ दिनको म्याद मागेको हो।

जसमा दशैँ बिदासहति १० दिन महराले प्रहरी हिरासतमा बिताइसकेका छन्। सरकारी पक्षले अबको तीन दिनभित्र अनुसन्धान पूरा गर्ने मागसहित जिल्ला अदालतसमक्ष यस्तो माग गरेको हो।संसद सचिवालयकी कर्मचारीमाथि उनकै कोठामा गएर बलात्कार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् भने सांसद पदबाट पनि निलम्वित अवस्थामा छन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार