काठमाडौं ।
नेपाली कथानक चलचित्र ‘बुलबुल’ले स विदेशमा रहेका कलाकारहरु एकीकृत भएको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अवार्ड जितेको छ । आज काठमाडौंमा अवार्ड वितरण कार्यक्रममा चलचित्र ‘बुलबुल’ले वर्षको उत्कृष्ठ चलचित्र सहित तीनवटा विधामा बाजी मारेको हो ।‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।
विभिन्न ११ वटा विधामा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘प्रसाद’ले पाएको छ । यस्तै उत्कृष्ठ अभिनेताको अवार्ड वीपिन कार्कीले पाएका छन् ।‘प्रसाद’बाट वीपिनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।