काठमाडौ|
काठमडौँको मुख्य केन्द्र मानिने दरबार मार्गको एक घरमा आगलागी भएको छ।
दरबारमार्गस्थित ‘भिक्ट्री क्लब’ नामको डान्सबारमा आगलागी भएको प्रहरीले जनाएको छ।आयो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको छ।
घरको सातौं तलामा रहेको क्लबबाट आयो सुरु भएकाले निभाउन मुस्किल भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।