एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा क्रियाशील पत्रकार अर्याललाई

– विनेपाली , लण्डन ।

गैरआवासीय नेपाली संघ बेलायतको सकृयतामा स्थापित यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार लन्डनमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शनिबार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजनलाई दिने घोषणा गरेका हुन् ।

१ लाख रुपियाँ राशीको पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक/एक जना पत्रकार वा संस्थालाई प्रदान गरिन्छ ।

पत्रकार अर्याल पछिल्लो एक दशकदेखि बेलायतमा सक्रिय पत्रकारिता गर्दै आएका छन् । बेलायतबाट प्रकाशन हुने ‘नेपालीपत्र’ मा उनी सम्पादक छन् । विगतमा एबिसी टेलिभिजन, नेपाली टिभी लगायत मिडियामा रहेर पत्रकारिता गरेका उनले अहिले नेपालको राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टका लागि समेत काम गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार बिजेताको निर्णय गरिएको हो ।

पुरस्कार काठमाडौंमा हुने एनआरएनए नवौं विश्व सम्मेलन समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने बताइएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार