– सम्झना अधिकारी, लिस्बन।
कतार एयरवेजले आफ्ना हवाई यात्रुहरुलाई म्याकबुक सहित यात्रा गर्नमा रोक लगाएको हो। एप्पल कम्पनीले १५ इन्चको सिमित मोडेलहरुको म्याकबुक फिर्ता गर्न अनुरोध गरेपछि कतार एयरवेजले सो निर्णय गरेको हो।
एप्पलका अनुसार सन् २०१५ देखि सन् २०१७ सम्म निर्माल भएका १५ इन्चका एप्पल म्याकबुक प्रोहरुमा ब्याट्री बढी तात्ने र पड्किने समस्या देखिएकोले आफ्ना ग्राहकहरुलाई सुरक्षाको लागि सो मोडेलका म्याकबुकहरु एप्पलका स्टोरहरुमा फिर्ता गर्न अनुरोध गरेको हो। एप्पलको सुचनापछि कतार एयरवेजले यात्रुहरुको हवाई सुरक्षालाई ध्यानमा दिदै उक्त मोडेलका म्याकबुक ल्यापटपहरु सहित कतारका सबै उडानहरुमा रोक लगाएको हो।
त्यस्तै भियतनाम सरकारले समेत भियतनामको बाटो हुदै उक्त मोडेलका म्याकबुक साथमा लिएर हवाई यात्रामा रोक लगाएको मात्रै छैन, जरिवानाको समेत व्यवस्था गरेको छ।
एप्पलमा देखिएको उक्त समस्याको अधिक जानकारीको लागि एप्पलको आधिकारिक वेबमा जान सकिनेछ।