काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भएका तीन वटा विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले ‘प्रशासकीय अदालतको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक’, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक’लाई प्रमाणीकरण गर्नुभएको हो ।