“षड्यन्त्रहरुबाट हामी बिचलित भएका छैनौं”-दीपकराज गिरी

काठमाडौं ।

कलाकार दीपकराज गिरीले आफूमाथि हुँदै आएका षड्यन्त्रहरुबाट बिचलित नभएको बताएका छन् । नेपाली चलचित्रलाई नेपालमै दोस्रो दर्जामा राख्ने परम्परागत नियमबिरुद्ध आफू सधैँ संघर्ष गर्न तयार रहेको बताएका छन् ।

“नेपालमा नेपाली सिनेमालाई नै दोस्रो दर्जामा राख्ने परम्परागत नियम बिरूद्द सधैँ हामीले आवाज उठायौँ । यसको फलस्वरूप हामीले अनेकौं प्रहार सहनु पर्यो,” दीपकराज गिरी आफ्नो फेसबुक पेजमा लेख्छन्, “हिजो पनि र आज पनि, तर हामी बिचलित भएनांै किनकि सबैभन्दा ठूलो न्यायाधीश दर्शक नै हुन् ।”

उनी अगाडि लेख्छन्, “हामी बिरुद्ध भएका षड्यन्त्रहरू, सामाजिक सञ्जालमा गरिएका नियोजित प्रहारहरूले हाम्रो मनोबल कमजोर होइन अझै मजÞबुत भएको छ ।”
नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाई प्राथमिकता दिने गरेको भन्दै दीपकराज लेख्छन्, “नेपाली चलचित्रलाई गरिएको भेदभाव पूर्ण ब्यबहार बिरूद्ध लाग्न थप प्रेरणा मिलेको छ ।”

दीपकाराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छ माया छपक्कै’ भोलीबाट रिलिज हुँदैछ । दसैंको छेको पारेर रिलिज गर्ने तयारी गरे पनि हिन्दी कथानक चलचित्र ‘वार’ सोही समयमा नेपालमा पनि रिलिज भए पछि ‘शो’ बाँडिने भएकाले ‘छ माया छपक्कै’ पछि हटेर असोज २४ गतेलाई पुगेको थियो । दीपकराज गिरी नेपाली चलचित्र वितरक तथा हल सञ्चालकले नेपालीभन्दा हिन्दी चलचित्रलाई प्राथमिकता दिने गरेको भन्दै त्यसको विरोधमा आवाज उठाउँदै आएका छन् ।

भोलीबाट रिलिज हुने चलचित्र ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकरी मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार