जर्मनीको पूर्वी शहरमा अन्धाधुन्ध गोली प्रहार

जर्मनीको पूर्वी शहर हालेमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा दुईजनाको मृत्यु भएको छ । प्रहरीले आक्रमणमा संलग्न भएको आरोप लागेका एकजनाई पक्राउ गरेको छ ।

अरु आरोपित भने सवारी साधानमा भाग्न सफल भएको जनाइएको छ । सैन्य पोशाक लगाएका व्यक्तिले धेरै बन्दुक बोकेको र अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।अर्का आक्रमणकारीले पेट्रोल बम तथा ग्रिनेड प्रहार गरेको प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् । आक्रमणपछि प्रहरीले स्थानीय बासिन्दालाई घर भित्रै रहन भनेको छ ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार