डा बाबुराम भट्टराईद्वारा पिताका हातबाट टीका ग्रहण

काठमाडौं

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पिताबाट दशैंको टीका ग्रहण गर्नु भएकाे छ ।
दशैंको शुभसाइत पारेर उहाँले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गर्नुभएकाे हाे । डा. बाबुराम भट्टरासँगै उहाँकी पत्नी हिसिला यामि र छाेरी मानुषी यमी भट्टराईसहित सपरिवारले टिका ग्रहण गरेका छन् ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा टीका ग्रहण गर्दै गरेका तस्वीरहरू पनि पोस्ट गर्दै भन्नुभएकाे छ- ‘शुभविजयादशमीको उपलक्ष्यमा ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार टीका ग्रहण१ सबैको भलो होस्१ देशमा शान्ति,सुशासन र समृद्धिको वर्षा होस! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस् ।’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार