यस्तो बन्यो ‘आमा’को फस्टलुक

काठमाडौं ।

‘आमा’ फिल्मको फस्टलुक सार्वजनिक गरिएको छ । अभिनेत्री सुरक्षा पन्त र मिथिला शर्मा फिचर्ड फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेत्री सुरक्षालाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ, जहाँ उनले चिताको अगाडि मुण्डन गरेकी छन् ।

फिल्मलाई पशुपति प्रसादफेम अभिनेता दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यो फिल्मले आमा छोरीको कथालाई पर्दामा प्रस्तुत गर्नेछ । फागुन ९ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा सुरक्षा र मिथिलाका साथमा देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, सुरिता गिरी लगाएत पनि मुख्य भूमिकामा छन् ।

फिल्मलाई निर्देशक खनाल आफैले लेखेका हुन् । फिल्ममा आमाको भूमिकामा मिथिला र छोरीको भूमिकामा सुरक्षालाई प्रस्तुत गरिनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार