‘मुस्कान’को मुहारमा हासो थप्न भारतीय महानायक अमिताभ बच्चनले समेत दिए प्रतिबधता !

काठमाडौं । एसिड अट्याकको पछिल्लो घटना विरगञ्जकी १४ बर्षीया मुस्कान खातुनमाथि भयो । एक महिनाअघि विद्यालय जाँदै गरेकी खातुनलाई उनको बाटो ढुकेर बसेका स्थानीय सम्साद मियाँ र माजिद आलमले उनलाई पहिले त पानीका रुपमा पिउन आग्रह गरे । तर, मुस्कानले उनीहरुलाई वेवास्ता गरेपछि उनको अनुहारमा एसिड छ्यापे ।

उनीहरुलाई प्रहरीले घटनाकै दिन र भोलिपल्ट नियन्त्रणमा लिइसकेको छ । अहिले मुस्कानको काठमाडौं कीर्तिपूरमा उपचार भइरहेको छ । मुस्कानमाथिको एसिड अट्याकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमानै एसिड अट्याकको निन्दा गर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग उठेको छ ।

साथै एसिड अट्याकबाट घाइते भएकाहरुलाई समाजमा सामान्य जीवन यापन गर्न सहज होस भन्ने हेतुका साथ सहयोग र समर्थन जुट्न थालेको छ । मुस्कान खातुनलाई प्रदेश न २ का मुख्यमन्त्रीले भेटेसँगै भारतीय महानायक अमिताभ बच्चनले समेत भिडियो सन्देश पठाएर पीडामा मल्हम लगाउने प्रयास गरेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार