यी ५ बलिउड स्टारले खोपेको ट्याटुबारे जान्नुहोस्


एजेन्सी । ट्याटु खोपाउने प्रचलन निकै पुरानो हो । यो प्रचलन धर्म संस्कृतिसँग पनि जोडिने गरेका छन् भने कतिपयले शौखकको कारण पनि ट्याटु खोप्ने गरेका छन् । यसमा संसारभरकै सेलिब्रेटीहरु पनि पर्ने गरेका छन् । पछिल्लो समय ट्याटु खोपाउने रेस बलिउड सेलिब्रेटीमा पनि देख्न सकिन्छ । बलिउडमा धेरै स्टारले भगवान र आफ्नो प्रेमका लागि पनि ट्याटु खोपाएका छन् ।

दीपिका पादुकोण

दीपिकाले अभिनेता रणवीर कपुरसँगको रिलेसनसिपमा रहेको समयमा आफ्नो गर्दनमा आरके नामका ट्याटु खोपाएकी थिइन् । तर यी दुवैको केही वर्ष पहिले ब्रेकअप भयो ।

प्रियङ्का चोपडा

प्रियङ्काले अङ्ग्रेजी भाषामा ट्याटु बनाएकी छन् । जुन ट्याटु प्रियङ्काले पिताका लागि समर्पित गरेकी छन् । सो समय उनी पिताको निकै नजिक थिइन् । उनले हातमा खोपाएको ट्याटुमा ‘ड्याडिज् लिल गर्ल’ लेखिएको छ ।

अक्षय कुमार

बलिउडका खेलाडी कुमार अक्षय कुमारले आफ्नो काँधमा श्रीमती ट्विङ्कलको नेक नाम टिना नामको ट्याटु खोपाएको छन् । साथमा उनले आफ्नो शरीरमा छोरा आरब र छोरी निताराको नामको ट्याटु पनि बनाएका छन् ।

सैफअली खान
सैफले करिनाका लागि बनाएको ट्याटु निकै चर्चित थियो । तर पछि खबर आयो, यो अस्थायी ट्याटु थियो । सैफले अहिले यो हटाएका छन् । तर उनको हातमा रहेको उनकी श्रीमतीको ट्याटु भने अझै देख्न सकिन्छ ।

मलाइका अरोडा
मलाइकाले आफ्नो पछाडिको भागमा ठूलो ट्याटु खोपाएकी छन् । यसको अलवा उनले अन्य तीन ट्याटुसमेत खोपाएकी छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार