बडा दशैं !

– प्रदिप थिङ तामाङ

सेतो , रातो , कालो र निलो रगं को
के बडाँ दशैं अचेल यस्तै हुन्छ र ?
जातजाती फरक भए जस्तै
धर्म संस्कृति भिन्दै भए जस्तै
भाषाभेषभुषा अलग्गै भए जस्तै !

कोही छन् व्यापारी कोही गर्छन ज्याला मजदुरी
कोही माथिल्लो जाती कोही तल्लो जाती
धनीको छुट्टै रंग, गरिबको छुट्टै रंग को
के दशैंको रगं पनि फरक फरक हुन्छ र ?
आजभोली दशैं यस्तै हुन्छ र ?

( कवि तामाङ समाज पोर्तुगोलका उपाध्यक्ष हुनुहुन्छ।)

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार