चुरोट पिएर बाटोमा ठुटो फाल्ने बानी छ , २५० युरो जरिवाना तिरिएला है ?

– सुरेश जोशी
लिस्बन, पोर्चुगल।

पोर्चुगलका शहरहरुको सफाई व्यवस्थापनमा चुरोटको ठुटाहरु ठुलो समस्याको रुपमा देखापरेपछि पोर्चुगलको सरकार कडा नियम बनाएको छ। सेप्टेम्बरबाट लागु गरिएको नियम अनुसार सार्वजनिक स्थान र सडकमा चुरोटको ठुटाहरु फालेमा २५० युरोसम्म जरिवाना हुन सक्नेछ।

चुरोटका ठुटाहरुले शहरबजार र सार्वजनिक स्थलहरु कुरुप बनाएकोले सरकारले सार्वजनिक स्थलहरुमा चुरोटको ठुटाहरु डिस्पोजल गर्ने बिनहरुको व्यवस्थापन गरेको छ। सार्वजनिक स्थल र सडकमा चुरोटका ठुटाहरु फालेमा २५ युरोदेखि २५० युरोसम्म जरिवाना हुने कडा नियम लागु भएको छ।

सेप्टेम्बरबाट लागु भएको नयाँ नियम अनुसार चुरोटको ठुटा, सिगर्स र अन्य सुर्तीजन्य उत्पादनहरु शहरी फोहोर मानिएकोले सार्वजनिक स्थलमा फाल्न निषेध गरिएको हो।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार