१४ वर्षीय एसिड पीडित मुस्कानका लागि बलिउड गायक टोनी कक्करको “लाइभ इन नेपाल”

काठमाडौं ।

बलिउड गायक टोनी कक्कर नेपाल आउने भएका छन् । सिनी इभेन्टसले आयोजना गर्न लागेको कार्यक्रम ‘टोनी कक्कर लाइभ इन नेपाल’ को लागि उनी नेपाल आउन लागेका हुन् ।

उनले २५ अक्टुबर काठमाडौंको क्लब फरेनहाइटमा बेलुका ८ बजेदेखि नेपाली दर्सकमाझ आफनो उत्कृष्ट गीतहरुमा प्रस्तुती दिनेछन् भने २६ अक्टुबरमा सिमराको होटल इच्छामा प्रस्तुती दिँदै छन् ।

१४ वर्षीय एसिड पीडित मुस्कान खातुनको सहयोगको लागि टोनी उक्त कार्यक्रममा आउन लागेका हुन् ।कार्यक्रमको लागि टिकट खुला भइसकेको आयोजकले बताएको छ । २९-१२ अक्टोबरम्म टिकटको मुल्य साधारण र भिआइपी २ हजार र ३५ सय राखिएको छ ।

१३ देखि १९ अक्टोबरसम्म लिनेले साधारण २५ सय र भीआईपी ४ हजार तिर्नुपर्ने हुन्छ भने २० अक्टोबर देखि २४ अक्टोबरसम्म साधारण ३ हजार र भिआईपी ४५ सय राखिएको छ । अन्तिममा डोर सेल ३५ सय साधारण र भीआईपी ५ हजार राखिएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार