लिभरपुलको विजय यात्रा कायमै, टोटेनह्यामको खराब लयसँगै लोरिसको चोटले अर्को पिर

काठमाडौं ।

च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको टोटेनह्याम प्रिमियर लिगको खेलमा पनि हारेको छ । शनिबार भएको खेलमा उसले ब्राइटनको घरमा शून्यको विरुद्ध तीन गोलले पराजय बेहोरेको हो ।

खेलेको तेस्रो मिनेटमै निल माउपेको गालबाट अग्रता जमाएको ब्राइटनका लागि आरोन कोनोल्लीले ३२ औं तथा ६५ औं मिनेटमा गोल गरे । ब्राइटनको प्रिमियर लिगको यो सिजनमामा यो दोस्रो जित हो ।

हारसँगै टोटेनह्यामलाई अर्को पिडा पनि थपिएको छ । क्लबका गोलरक्षक ह्युगो लोरिसले यस खेलमा चोट बोकेका छन् । लोरिसको देब्रे कुममा गम्भीर चोट लागेको छ । बल रोक्ने क्रममा ल्यान्डिङ नमिल्दा उनको देब्रे हात फ्याक्चर भएको बताइएको छ ।

शनिबारको खेलमा लेस्टर सिटीविरुद्ध २-१ को नतीजा निकाल्दै लिभरपपुलले शीर्ष स्थानमा थप पकड जमाएको छ । जेम्स मिल्नरले इज्युरी समयको पाचौं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरेर क्लबलाई जित दिलाएका हुन् । यसअघि लिभरपुलले साडियो मानेको गोलबाट ४० औं मिनेटमा अग्रता लिएको थियो । तर, लेस्टर सिटीका जेम्स म्याडिसनले ८८ औं मिनेटमा गोल गरेर बराबरीमा ल्याएका थिए ।

यसैगरी शनिबारै भएको अन्य खेलमा एस्टन भिल्लाले नर्बिच सिटीलाई ५–१ ले हराएको छ । टोलीलाई जिताउन वैस्ली मोरेसले दुई तथा ज्याक ग्रिलिस, कोनर हौरिहेन र डग्लस लुइजले एक-एक गाले गरे । नर्बिचलका लागि जोसिप ड्रमिकले सान्त्वना गोल गरे ।

अन्य खेलमा क्रिस्टल सिटीले वेस्ट ह्यामलाई २–१ ले हरायो भने शेफिल्ड र वाटफर्डले गोलरहित बराबरी खेले । दश खेलाडीमा सिमत भएको एभर्टन भने बर्नलीसँग १–० को पराजय बेहोर्यो ।

आइतबार बाँकी चार खेल खेल्दैछन् । खेल तालिका अनुसार चेल्सीले साउथह्याप्पटनको घरेलू मैदानमा, म्यान्चेस्टर सिटीले आफ्नो मैदानमा उल्भस्सँग, आर्सनलले बर्नमाउथको घरमा तथा म्यान्चेस्टर युनाइटेडले न्यु क्यासलको घरेलु मैदानमा प्रतिसपर्धा गर्दैछ ।

लिगको शीर्षस्थानमा लिभरपुलले सबै आठ खेलमा जित हासिल गर्दै ८ अंकको अग्रता जमाएको छ । एक खेल कम खेलेको सिटीको १६ अंक छ । लिग तालीकाको तेस्रो स्थानमा लेस्टर सिटी, चौथोमा क्रिस्टल प्यालेस। पाचौंमा बर्नली तथा छैटौंमा आर्सनल छ । त्यस्ते सातौंमा वेस्ट ह्याम, टोटेनह्याम आठौंमा, चेल्सी नवौं, बर्नमाउथ दशौं तथा म्यान्चेस्टर युनाइटेड ११ औं अंकमा छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार