‘बाजेको सेकुवा’ अब अमेरिकाकाे टेक्सासमा पनि !

टेक्सास, अमेरिका।

‘बाजेको सेकुवा’ले अमेरिकाको टेक्सासमा आफ्नो शाखा सन्चालनमा ल्याएको छ। विश्वका विभिन्न देशमा आफ्नो सन्जाल विस्तार गर्ने अभियानमा लागेको बाजेको रेस्टुरेन्टको यो १३औं शाखा हो।

टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली स्वाद मन पराउने विदेशीलाई लक्षित गर्दै उक्त शाखा विस्तार गरेको बाजेको सेकुवाका अपरेसन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए।

अपरेसन प्रमुख तिमल्सिनाका अनुसार बाजेको सेकुवा एलएलसीले अमेरिकामा आफ्नो ट्रेडमार्क दर्ता गराई लाइसेन्स मोडेलमा विस्तार गर्ने योजनाअनुसार डालासमा शुक्रबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

यहाँ रेस्टुरेन्ट खोल्नका लागि बाजेको सेकुवाले २ लाख डलर सुरुवाती लगानी गरेको छ। नयाँ शाखामा नेपाली र विदेशी गरी २० जनाले रोजगारी पाएका छन्। यसअघि अमेरिकाको न्युयोर्कमै लाइसेन्स मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ।

डालासलगत्तै अस्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडि बढिसकेको कम्पनीले जनाएकाे छ। यसैगरी नेपालभित्र भक्तपुर, नेपालगञ्ज, विराटनगर र चितवनको मुग्लिनमा पनि शाखा विस्तार गर्ने प्रक्रिया अगाडि बढिसकेको तिमल्सिनाले जानकारी दिए।

काठमाडाै‌ं‌काे सिनामङ्‍गलबाट चार दशक अगाडि सुरु भएको बाजेको सेकुवा रेस्टुरेन्टअन्तर्गत उपत्यका बाहिर ३ वटा शाखा सहित १२ वटा रेस्टुरेन्ट सञ्चालनमा छन्।

विदेशमा पनि शाखा विस्तार गर्दै नेपाली मौलिक स्वादका माध्यमले नेपाललाई नै विश्वसामु चिनाउने कम्पनीको लक्ष्य रहेको अपरेसन प्रमुख तिमल्सिनाले जानकारी दिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार