पोर्चुगल आप्रवासीहरुको रोजाईको पहिलो देश !

पोर्चुगल ।

पोर्चुगल आप्रवासीहरुको रोजाइको पहिलो देश बनेको छ। पोर्चुगल सरकारले आप्रवासी नीतिमा ल्याएको नियम परिवर्तन र सहजताले नै पोर्चुगल आप्रवासीहरुको रोजाइको पहिलो गन्तब्य भन्दै गएको हो।

पोर्चुगललाई आफ्नो बसोबासको गन्तब्य बनाउने आप्रवासीहरुको संख्यामा निरन्तर वृद्धि भईरहको छ। सन् २०१९ को जनवरी देखि सेप्टम्बरसम्म पहिलो नौ महिनामा मात्रै ८३ हजार बढी आप्रवासीहरुलाई आवास अनुमति दिईएको पोर्चुगल सरकारको तथ्यांक छ।

सन् २०१९ मा आवास अनुमति पाउने आप्रवासीहरुको संख्या २०१८ को भन्दा ४२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै पोर्चुगलमा शरणार्थीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत बर्षको तुलनामा शरणार्थीहरुको संख्यामा २२ प्रतिशतले वृद्धि भएको छ भने बिशेष गरी शरणार्थी आबेदन दिनेहरुमा अंगोला, युक्रेन र कङ्गोका नागरिक रहेका छन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार